महेश बर्तौलाको प्रश्न : ‘हिंसा गर्ने अपराधी हुन की राजनीतिक समूह ?’

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले हिंसात्मक कार्य गर्नेहरु अपराधी हुन की राजनीतिक समूह हुन् ? भन्दै प्रश्न गरेका छन् ।

‘हिंसात्मक कार्य गर्नेहरु अपराधी हुन की राजनीतिक समूूह हुन् ? हिंसात्मक गतिविध गर्नेहरुलाई राजनीतिक समुहको आवरण दिएर त्यसलाई बचाउनको लागि प्रश्रय दिनको लागि राजनीतिक समुह बन्ने ठम्याई, निष्कर्ष सरकारले निकालिरहेको छ । ’

हिंसात्मक गतिविधि गर्नेहरुलाई राजनीतिक समुहको आवरण दिएर त्यसलाई बचाउने काम भएको उनको भनाई छ ।

सरकारले यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?