प्रधानमन्त्रीलाई गगनको चेतावनी– ‘हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन’

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, सांसद र संसदलाई नहेप्न चेतावनी दिएका छन् ।

कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले, संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को विरोध गर्दै उनले गठबन्धनका सांसद थपडि बजाउन आएका हुन भन्ने भ्रममा समेत नबस्न चेतावनी दिए ।

‘प्रधानमन्त्रीजीलाई म यहीबाट भन्न चाहन्छु मसँग बहुमत छ । यहाँ आएको सबै सांसदहरु थपडी बजाउन आएका होइनन् । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन ।’ उनले भने, ‘यो विधेयकका यतिधेरै प्रश्नहरु छन् । यो विधेयक मात्रै होइन यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरेपनि हुन्छ भन्ने ठानिएको छ। प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला ।’

संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याएपनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको उनको टिप्पणी छ ।
राजनीतिक अपराधिकरण आफूहरुलाई मान्य नहुने तर्क गरे ।

‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नहरुलाई जोगाउनेगरी जुन प्रावधान ल्याइएको छ । कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु राजनीतिक अपराधिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन । कानून मन्त्रीलाई मेरो आग्रह पनि छ २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो। यसको भारी नकोल्नुस् । यसलाई बिसाउनुस् ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?