युवा शक्तिलाई स्वदेशमा टिकाई राख्न आवश्कय छ : अध्यक्ष श्रेष्ठ

लोकपथ
21
Shares

काठमाडौं । नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवा शक्तिलाई स्वदेशमा टिकाई राख्नु आवश्यक भएको बताएकी छिन् ।

मंगलबार बसेको प्रदेश पदाधिकारीहरुको बैठकमा उनले युवा शक्तीलाई देशमै टिकाउन पनि स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक भएको तर्क गरिन् । उनले भनिन् ‘युवा शक्ति स्वदेशमा नै टिकाईराख्न स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यक छ ।’

नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीले विषयबस्तुमा आधारित रहेर विषयबस्तु भन्दा बाहिर नगएर बैठकमा बस्न आग्रह गरे ।

यस्ता छन् बैठकका प्रस्तावहरु

१. प्रदेश सम्मेलन सम्बन्धमा

२. महाधिवेशन प्रतिनिधि छनौट सम्बन्धमा

३. केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय सम्बन्धमा

४. महाधिवेशन प्रतिनिधि वडाबाट कति जना छनौट गर्ने सम्बन्धमा

५. साधारण तथा क्रियाशील सदस्यता सम्बन्धमा

६. प्रदेश, जिल्ला समितिहरु पूर्णता दिने सम्बन्धमा

७. लेबी सम्बन्धमा (प्रदेश)

८. केन्द्रीय समितिको बैठक सम्बन्धमा

९. परिचयपत्र सम्बन्धमा

१०. प्रदेश सञ्चालन सम्बन्धमा (समस्या न्यूनीकरण)

११. केन्द्रीय समितिको मुख्य मुख्य पदाधिकारीहरुलाई बैठक सम्बन्धमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?