नेविसंघका कार्यकर्तामाथि प्रहरीको लाठ्ठीचार्ज, पार्टी कार्यालय तनावग्रस्त

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को मौन प्रदर्शनमा प्रहरीले लाठ्ठीचार्ज गरेको छ । 

आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठक बाहिर नेविसंघले गरेको मौन प्रदर्शनमा प्रहरीले लाठ्ठी चार्ज गरेको हो । प्रहरीले लाठ्ठी चार्ज गरेपछि अहिले त्यहाँको अवस्था तनाव ग्रस्त भएको छ ।

प्रहरीमाथि नेविसंघका कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् । 

पार्टीका नेताहरुलाई खबरदारी गर्न विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले पार्टीका नेताहरुको अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै प्रदर्शन गरेका हुन् । 

मौन प्रदर्शनका क्रममा पार्टीभित्र अनुशासन कायम गरौं, अराजकतालाई नियन्त्रण गरौं, उमेर हद हटाउ, अन्तरघात गर्नेलाई कारवाही गरौं जस्ता नारा लेखिएको ब्यानरसहित विद्यार्थी नेताहरुले प्रदर्शन गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?