काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो समयदेखि छोराको न्यायको लागि लामो समयदेखि अनसन बस्दै आइरहेकी गंगामाया अधिकारीको उपचारमा सरकारले सहयोग गरेको बताएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।
सांसद एकनाथ ढकालले लामो समय अनसनमा रहेकी गंगामायाको न्यायको लागि किन सरकारले किन चासो नदेखाएको भन्दै प्रश्न गरेका थिए । सो क्रममा उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले गंगामायालाई मानवीय सेवा र संरक्षण गर्दै आइरहेको बताए । साथै हालसम्म सरकारले उनको उपचारका लागि ३७ लाख बढी खर्च गरिरहेको बताए ।
‘गंगामाया अधिकारीलाई मानवीय सेवा प्रदान र संरक्षणका कार्य भइनै रहेको छ । अस्पतालको विवरण अनुसार निजको अवस्था सामान्य रहेको र उपचतारका लागि सरकारले ३७ लाख ४७ हजार उपलब्ध गराएको जानकारी गराउँछु ।’ उनले भने ।
साथै सरकार विधिको शासनमा प्रतिवद्ध रहेको समेत बताए ।
गोरखा फुजेलकी गंगामाया अधिकारी द्धन्द्धकालमा बेपत्ता भएका आफ्नो छोराको न्यायका लागि लामो समयदेखि अनसन बस्दै आइरहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया