सुन तस्करी प्रकरणको अनुसन्धान गर्न एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन

लोकपथ
294
Shares

काठमाडौं । तस्करी गरी ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन भएको छ ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले उक्त समिति गठन गरेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरोले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम बनाएर साउन २२ देखि अनुसन्धान सुरु गरेको थियो ।

त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट बरामद सुन सङ्गठित तरिकाले तस्करी भएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सिआईबीलाई हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?