काठमाडौं । राष्ट्रिय प्रजातन्त्रक पार्टी (प्रजातान्त्रिक)का नेता दीपक बोहोरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र दिपक बोहराले नेतृत्व गरेका राप्रपा (प्रजातान्त्रिक)का बीच आज काठमाडौंमा एकता भएको हो । आइतवार विहान दुवै पार्टीको संयुक्त कार्य सम्पादन समितिको बैठकमा एकताको आधारपत्रमा हस्ताक्षर भई घोषणासभा गरिएको छ ।
आधारपत्रमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा (प्रजातान्त्रिक) का बरिष्ठ उपाध्यक्ष दिपक बोहराले हस्ताक्षर गरेका छन् ।
राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष बोहरा सहित कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप कुमार उदय, सहायक महामन्त्री विन्दु पहाडी, सहायक महामन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, प्रशिक्षण बिभाग प्रमुख सुरेन्द्र केसी, केन्द्रीय सदस्यहरु सरोज शर्मा, ताहिर अलि, दिलिप बस्नेत, मिना स्वर्णकार, दिपक राई, गंगाराम कलवार लगायत तिन दर्जन केन्द्रीय सदस्य र विभाग र भातृ संगठनका प्रमुखहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया