काठमाडौं । मधेशी र थारु आयोगका प्रस्तावित अध्यक्षको आज संसदीय सुनुवाई हुँदैछ ।
मधेशी आयोगका अध्यक्ष विजयकुमार दत्त र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीको सुनुवाई हुन लागेको हो ।
संघीय संसदको सुनुवाई समितिको बैठक आइतवार बिहान ११ बजे बस्न लागेको हो ।
संवैधानिक परिषदले दत्त र चौधरीको नाम प्रस्ताव गरेको थियो ।
यसअघिको बैठकमा सुनुवाई भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीको विषयमा पनि आजको बैठकमा निर्णय हुने संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका सहप्रवक्ता केशव अर्यालका अनुसार थारु आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारी विरुद्ध भने नागरिकता लगायत विषयमा उजुरी परेकाले छानविनका लागि कागजपत्र मगाएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया