कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, नेविसंघद्वारा मौन प्रदर्शनको तयारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

आइतवार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस समितिको बैठक बस्न लागेको हो । 

आजै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गर्दैछ । 

बैठक अगाडी पार्टीका नेताहरुलाई खबरदारी गर्न विद्यार्थीहरुले प्रदर्शन गर्न लागेका हुन् । उनीहरुले पार्टीका नेताहरुका अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै प्रदर्शन गर्न लागेको हो । 

प्रदर्शनको नेतृत्व नेविसंघ पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले गर्दैछन् । उनले भने, हामीले आज मौन प्रदर्शन गर्न लागेको हो । 

मौन प्रदर्शनमा पार्टीभित्र अनुशासन कायम गरौं, अराजकतालाई नियन्त्रण गरौं, अन्तरघात गर्नेलाई कारवाही गरौं जस्ता नारा लेखिएको ब्यानरसहित प्रदर्शन गर्ने तयारी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?