सप्तकोशी किनारमा मोबाइल र जुत्ता छाडेर डाक्टर बेपत्ता

लोकपथ
56
Shares

काठमाडौं । झापा दमकमा डाक्टर प्रज्वल कोइराला सप्तकोशीमा किनारमा मोबाइल र जुत्ता छाडेर बेपत्ता भएका छन३ ।

सोमबार दिउँसो कोइराला उदयपुर बेलका नगरपालिकामा पर्ने शप्तकोशीको किनारबाट बेपत्ता भएका हुन् ।

उनले किनारमा मोबाइल र जुत्ता छाडेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले लोकपथलाई जानकारी दिए ।

एसपी ढकालका अनुसार उनी गाडी चढेर आएको र त्यहाँ मोबाइल र जुत्ता किनारमै छाडेर गायब भएका हुन् ।

‘उहाँको मोबाइल र जुत्ता किनारमै छाडेको अवस्थामा फेला पारेका छाँै । उदयपुर प्रहरीसँग समेत समन्वय गरी हामी खोजि गरिरहेका छौँ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?