काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं युवा विदेशिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको टिप्पणी गरेका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका लिङ्देनले राप्रपा निकट प्रवासी नेपाली एकता समाज (पानस) ले युएईको दुबईमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
अध्यक्ष लिङ्देनले गलत नेतृत्व र व्यवस्थाको कारणले देश बिग्रेको बताए।
पछिल्लो समय नेपालमा धर्मलाई लिएर भइरहेको घटनाप्रति संकेत गर्दै धर्मनिरपेक्षको आडमा नेपालको सनातन धर्म संस्कृतिमाथि निरन्तर प्रहार गर्ने काम भइरहेको बताए ।
साथै धर्मनिरपेक्षता खारेज गरी वैदिक सनातन हिन्दुराष्ट्र हुनुपर्ने र त्यसका लागि राप्रपाले निरन्तर आवाज उठाइरहेको उनले दाबी गरे ।
राजनीतिका कारण नेपालको हिन्दुराष्ट्रको पहिचान मेटिन लागेको र धर्मनिरपेक्ष बनाउने काम गरेको भन्दै उनले राजनीतिले बिगारेको चिज राजनीतिबाट नै बनाउनु पर्नेमा जोड दिए ।
लिङ्देनले आफू लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्र स्थापना गर्न लागेको उल्लेख गर्दै जन्म र कर्मले हिन्दु रहेकाहरुले हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिन आग्रह समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया