सरकार संघीयतालाई बलियो बनाउँने अभियानमा छ : मन्त्री गुरुङ

लोकपथ
56
Shares

काठमाडौं । सहरी विकास मन्त्री सिता गुरुङले, अहिले सरकार संघीयतालाई बलियो बनाउने अभियानमा जुटेको बताएकी छिन् ।

आईतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सरकार संघीयतालाई बलियो बनाउँने अभियानमा लागेको भन्दै सोही अनुसार सातवटै प्रदेशको, प्रदेशप्रमुख र मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय समुद्घाटन गरेको बताएकी हुन् ।

उनले भनिन्, ‘हामी संघीयतालाई बलियो बनाउँने अभियानमा छौं । त्यही अनुसार आज हामीले सातवटै प्रदेशको प्रदेशप्रमुख मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय समुद्घाटन गरिसकेको छौं । यसले संघीयतामा गईसकेपछि ,संघीय सरकारसँग गर्नुपर्ने काम प्रदेशबाट धाउन गाह्रो भयो भनेर छिटो भन्दा छिटो भवन तयार गरी सार्न सफल भयौं । ’

उनले प्रदेशप्रमुख र मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय तथा आवासको बसाई संघीय लोकतान्त्रीक र गणतन्त्रलाई संस्थागत गर्न र जनतालाई सेवा सुविधा प्रभावकारी ढङ्ले गर्न आग्रह गरीन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?