आन्तरिक विषयलाई लिएर कसैलाई तालि बजाउने अवसर दिनु हुन्न : अध्यक्ष ओली

लोकपथ
98
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशमा भएको समस्यालाई हेरेर बस्नेहरुलाई ताली बजाउने मौका दिन नहुने बताएका छन् ।

आईतबार विराटनगरमा कोशि प्रदेश संगठन कमिटिको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले एमालेसँग लड्न आउनेको सिङ निकाल्ने तर आपसमा लडेर बस्न नहुने बताएका हुन् ।

‘हामीले आफ्नो सिंङ निकाल्नु पर्छ । हाम्रो सिङ भाचिने , हामी लड्ने ,दाजुभाई दाजु भाई लड्ने अनि दर्शक भएर बस्नेहरु चाँहि ताली बजाउने त्यो स्थिती आउन दिनु हुँदैन् । हामीले मिलेर विकास गर्नुपर्छ ।’

गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको बताउँदै सबै जातजाति मधेशी, दलित, थारु, लिम्बूवान, किराँत, शेर्पा सबैले न्याय पाउनुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?