संसदीय समितिको सभापति चयनका लागि एमालेका ऋषिकेष र किरण कुमारले गराए मनोनयन दर्ता

लोकपथ
49
Shares

काठमाडौं । प्रतिनिभिसभा अन्र्तगत गठित लेखा र महिला तथा समाजिक मामिला समितिको सभापतिको लागि ऋषिकेष पोखरेल र किरण कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिभिसभा अन्र्तगत गठित १० ओटा विषयगत समितिको सभापतिको चयनका लागि आज भैरहेको उम्मेद्वारी दर्ता प्रकृयामा नेकपा एमालेको तर्फबाट लेखा समितिको सभापतिमा ऋषिकेष पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरण कुमार साहले उम्मेद्वारी दर्ता गराएका हुन् ।

एमालेलाई तीन ओटा समिति भागमा परेको छ । भोलि हुने संसदीय समितिको सभापतिको चयनकालागि सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेबाट ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेका छन् ।

मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आज ४ः३० बजेपछि प्रकाशन गर्ने संसद सचिवालयको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?