काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिका सभापतिको उम्मेदवारको नाम टुंगो लगाएको छ ।
भोलि हुने निर्वाचनका लागि एमालेले तीन वटा समितिमा दाबी गरेको हो ।
हालसम्म सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल, महिला समितिको सभापतिमा किरण साह र राज्यका निर्देशक तथा संयुक्त समितिको सभापतिमा विमला घिमिरेको नाम टुंगो एमालेका प्रमुख सचेतक पदम गिरीले लोकपथलाई जानकारी दिए ।
आज प्रतिनिधि सभा अन्तर्गत १० वटा समितिको सभापतिको उम्मेदवारी दिने कार्यसूची तोकिएको छ । भोलि निर्वाचनको मिति तोकिएको छ ।
अन्य राजनीतिक दलहरुले पनि भागबण्डाको आधारमा समिति सभापतिको टुुंगो लगाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया