चितवन । त्रिशूली नदीले बगाएर दुईजना बेपत्ता भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकै वनभोज (पिकनिक) गएका २ जना शनिबार त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।
चितवनको भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोकमा बस्ने ३० वर्षीय अर्जुन प्रधान र प्रवीण श्रेष्ठलाई त्रिशूलीले बगाएको चितवन प्रहरीले जनाएको छ।
भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकबाट शनिवार दिउँसो साढे ४ बजेतिर उनीहरू नदीमा बगेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । मुख धुन लाग्दा चिप्लेर नदीमा बगेको प्रहरीको भनाइ छ ।
उनीहरूको खोजीमा विपद् व्यवस्थापनको उद्धार टोलीसहित प्रहरी जुटेको प्रहरीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया