जसपाले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने

लोकपथ
49
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने भएको छ । ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरुलाई खटाउन लागिएको हो ।

नेताहरुले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर संगठन विस्तारका कार्यक्रमहरु सञ्चालन गर्ने छन् । साथै,  नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्ताहरुलाई प्रशिक्षित गरिने छ । यस अवधिमा संगठनको अभिलेख संकलन र सदस्यता बितरण कार्यसमेत हुने छन् ।

सोही बमोजिम पार्टीले आउँदो शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहहरुमा प्रशिक्षण कार्यक्रम गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?