रास्वपाले चितवनमा सार्वजनिक सुनुवाइ गर्दै

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चिवतनमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।

रास्वपाका सभापति रवि लामिछानेले आगामी भदौ १० गते सार्वजनिक सुनुवाई गर्न लागेको जानकारी दिए ।

जनप्रतिनिधि जनताप्रति प्रत्यक्ष रुपमा जवाफदेही हुनुुपर्ने मान्यताका साथ सुनुुवाइ गर्न लागेको बताए । सो अवसरमा चितवनबासीले आफ्ना समस्या, गुनासो र सुझावहरू राख्न पाउनेछन् ।

उक्त कार्यक्रम जनसरोकारको विषयमा गरिएको र यसमा राज्य र समाजका सबै सरोकारवाला पक्षहरूको प्रतिनिधित्व हुने भएकोले कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिन समेत आग्रह गरेका छन् ।

‘हामीले उद्घोष गरे अनुसार यही भाद्र १० गते चितवनमा प्रथम सार्वजनिक सुनवाइ हुन गइरहेको छ। जनप्रतिनिधि जनता प्रति प्रत्यक्ष रूपमा जवाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ सुरु हुन गइरहेको यस कार्यक्रममा सम्पूर्ण चितवनवासीले आफ्ना समस्या, गुनासो र सुझावहरू लिएर आइदिनु होला। यो कार्यक्रम जनसरोकारको विषयमा गरिएको र यसमा राज्य र समाजका सबै सरोकारवाला पक्षहरूको प्रतिनिधित्व हुने भएकोले कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?