एमालेसँग गठबन्धन गरेपछि पार्टीको पतन सुरु भयो : कमल थापा

लोकपथ
77
Shares

काठमाडौं । राप्रपा नेपाल अध्यक्ष कमल थापाले, तत्कालिन निर्वाचनमा पार्टी ठूलो बनाउने महत्वकांक्षामा एमालेसँग गठबन्धन गरेपछि पार्टीको पतन सुरु भएको टिप्पणी गरेका  छन्।

काठमाडौंमा आजबाट सुरु केन्द्रीय कार्यसमितिको बैठकमा राजनैतिक कार्यपत्र प्रस्तुत गरेका थापाले २०७३ सालपछि पार्टीले बाटो विराएको स्वीकारे ।

तत्कालिन निर्वाचनमा पार्टी ठूलो बनाउने महत्वकांक्षामा गतल प्रवृतिसँग गठबन्धन गर्नु नै आफ्नो पार्टीको पतनको यात्रा सुरु भएको उनको टिप्पणी छ ।

२०७२ को असोजमा सरकारमा सहभागि बनेको आफ्नो पार्टीको निणर्यलाई जनताले मूल्यांङ्कन गर्ने बताएका उनले भने, ‘ २०७३ सालपछि भने हामीले बाटो बिरायौं । आसन्न निर्वाचनमा पार्टी ठूलो बनाउने महत्वकांक्षा राख्दा हामीले गलत प्रवृतिसँग सम्झौता ग¥यौ । सिद्धान्त भन्दा सत्तालाई महत्व दिने चरित्र सँग एकता गर्न पुग्यौं त्यहिँबाट हाम्रो पतनको यात्रा सुरु भयो । ’

उनले तत्कालिन निर्वाचनमा एमालेसँग गठबन्धन गरेपछि सिद्धान्तलाई भूलेर सत्ता केन्द्रीत हुन पुग्दा सत्ता र शक्तिको दलदलमा आफूहरु भाषिएको निष्कर्ष सुनाए ।

‘सिद्धान्तनिष्ठ राजनीतिक दलको पहिचान बनाएको राप्रपा नेपालमा सिद्धान्त र विचार पक्ष गौण हुन पुग्यो, ओझेलमा प¥यो । हामी सिद्धान्त होइन सत्ता केन्द्रीत हुन पुग्यौ । जुनसुकै दल वा सरकारमा पनि मौका पाउने वित्तिकै गैहाल्ने पहिचान बनायौं । पार्टीभित्र गुटबन्दी, टुटफुट र अवसरवादी चरित्र हावी भयो । अन्तत, पर्टी ठूलो बनाउने महत्वकांक्षाको दलदलमा हामी नै भाषियौ । गलत प्रवृत्ति र सत्ता केन्द्रीत स्वार्थ समुहले पार्टी कब्जा गरे । हामी दुर्घटनामा प¥यौँ । पार्टीबाटै विस्थापित भयौं ।’

बैठक भोलि सम्म चल्ने छ । थापाले बैठकमा राजनीतिकसँगै आर्थिक प्रतिवेदन पनि प्रस्तुत

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?