काठमाडौं । सांसद प्रभु शाहले संसदमा बोल्दै गर्दा श्री ५ को सरकार भनेपछि आपत्ति भएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
गौर हत्या काण्डको फाइल खोलेर दोषीलाई कारबाही गर्ने माग समेत गरे ।
‘अहिले हामी हेरिराखेका छाँै । विभिन्न घटनामा संलग्न अपराधीहरु अन्य पार्टीमा प्रवेश गरेर देशलाई गुमराह बनाउने पार्टीका नेताहरु कहाँ धाएर गुमराह बनाउने काम भइरहेको छ ।’ उनले भने, ‘यस्ता विभत्स घटना भइरहेका छन्, एउटा घटनाको कुरा होइन कानुुनी शासनको कुरा हो । मानवअधिकारको कुरा हो । नेपालमा पीडितले न्याय पाउँछ की पाउँदैन ? भन्ने प्रश्न छ । जसलाई मान्छेलाई धम्काउने कामहरु भइरहेको छ । सत्ताको खेलमा जनतालाई धम्क्याउने कामहरु भइरहेको छ । त्यसमा म सभामुख मार्फत पहलकदमीको माग गर्दछ । र श्री ५ सरकारको यस विषयमा के हो भन्ने स्पष्ट पार्न माग गर्दछु ।’ उनले भने ।
त्यस लगत्तै एमाले सांसद सूर्य थापाले आपत्ति जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया