कांग्रेस नेता कार्कीको निधन : भोलि केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

लोकपथ
245
Shares

काठमाडौंं । नेपाली कांग्रेसका नेता डा. राजाराम कार्कीको निधनप्रति कांग्रेसले प्रदेश, जिल्ला र केन्द्रको पार्टी कार्यालय बिदा गर्ने भएको छ ।

आज बसेको कांग्रेसको आकस्मिक बैठकले सो निर्णय गरेको हो । बैठकले भदौ ७ र ८ गते केन्द्र, प्रदेश र जिल्लाका कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

त्यस्तै स्वर्गारोहणको १३औँ दिन तीनै तहका कार्यालयहरुमा शोक सभा गर्ने निर्णय भएको छ ।

कार्की नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेशका पूर्व सदस्य, नेपाली कांग्रेस धादिङका पूर्व सचिव, नेपाल तरुण दलका पूर्व महासचिव एवं महासमिति सदस्य समेत भइसकेका छन् । कार्कीको बुधबार निधन भएको थियो ।

कार्कीको शव पार्टी कार्यालय सानेपामा राखिएको छ । केहीबेर सानेपामा राखिने र आजै पशुपतिमा अन्तिम दाहसंस्कार गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?