प्रतिनिधिसभा बैठक बस्दै

लोकपथ
0
Shares

प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
यसअघि बुधबार लामो समयको अवरोधपछि बैठक सञ्चालनमा आएको थियो । एमालेको मागअनुसार सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने सहमति पछि संसदको अवरोध हटेको थियो ।
उक्त बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गरिएको विषय पनि जानकारी गराइएको छ ।

त्यस्तै, बैठकले १० वा सोभन्दा बढी दिनसम्म बैठकमा अनुपस्थित भएका सांसदको अनुपस्थितिको सूचना पनि स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?