योगेशले भने– ‘हाम्रो लागि संसद प्यारो छ’

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले एमालेका लागि संसद प्यारो रहेको बताएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सो कुरा बताएका हुन् ।

संसदको बैठक सत्तापक्षकै कारण पनि अवरोध भएको टिप्पणी गरे ।

‘हाम्रो लागि संसद कति प्यारो हुन्छ भन्ने कुरा पुष्टि भएको छ ।’ उनले भने ।

सुन प्रकरणमा एमालेले राखेको विषयमा प्रधानमन्त्रीले खेलेको कदमप्रति प्रसंशा समेत गरे ।

सुन काण्डमा केन्द्रीय अनुसन्धान ब्यूूरो ठिक गतिमा अघि नबढेको कारण आफूूहरुले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको बताए । आफूहरुले राज्यका कुनै निकायलाई अविश्वास नगरेको समेत बताए ।

‘नेकपा एमालेले राज्यका कुनै पनि निकायलाई अविश्वास गर्दैन ।’ उनले भने ।

साथै आगामी दिनमा निरन्तर संसदको कामकारबाही अघि बढाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?