विराटनगर । एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।
बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।
सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरीत विश्वासको मतदिएको भन्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले विरोध जनाएका थिए ।
सांसद मेन्याङ्बोले सभाध्यक्षले अरु पनि असंवैधानिक कार्य गर्न सक्ने देखिएको भन्दै नाराबाजी सुरु गरेसंगै एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर हिँडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया