दलहरुबीच २ बुँदे सहमति, असोज ५ गते आयोग बन्ने (पत्रसहित)

लोकपथ
56
Shares

काठमाडौं । सुन तस्करी प्रकरणबारे सत्तापक्ष र प्रतिपक्षबीच देखिएको विवाद समाधान भएको छ ।

आज राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग प्रधानमन्त्रीको छलफलपछि २ बुुँदे सहमति भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी असोज ५ गते छानबिन समिति बनाउने सहमति समेत भएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, रास्वपाका उपाध्यक्ष डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, जसपाका प्रमुख सचेतक प्रदीप यादव, राप्रपाका नेता बुद्धिमान तामाङलगायतको उपस्थिति रहेको थियो ।

गत साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउने मागसहित एमालेले निरन्तर संसद अवरोध गरिरहेको थियो । यो सहमतिपछि संसदको अवरोध समेत हट्ने भएको छ ।

एमालेको मागबमोजिम गठन हुन लागेको समितिले असोज ५ गतेपछि छानबिन शुरु गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?