काठमाडौं । धादिङको गजुरीस्थित छहरामा भएको बस दुुर्घटनामा ८ जनाको शव भेटिएको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको बसमा चालक र सहचालकसहित २५ जना रहेको गजुरी गाउँपालिका वडा नं २ का अध्यक्ष द्रोण कँणेलले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार बस पानीभन्दा माथि नै रहेको छ । भने केही बच्चाहरुको चप्पल भेटिएको कारण थप उद्धार हुँदैछ ।
‘८ जनाको मृत्यु भएको भन्ने खबर आएको छ । बस पानी माथि रहेको छ । केही बच्चाहरुको चप्पल भेटिएको कारण थप कोही पानीमा हुन सक्ने आशंका गरिएंको छ । अहिले गोताखोर प्रयोग गरेर खोजी कार्य जारी रहेको छ ।’ उनले भने ।
उनका अनुसार घाइतेहरुको प्राथमिक उपचार केन्द्र गजुरीमा उपचार भइरहेको छ ।
सहचालक भीरमा अड्किएको अवस्थामा उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।
प्रदेश नं ३–०१–००५ ख ९९५२ नम्बरको बस दुुर्घटना भएको हो थियो । सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमाण्डमा १६ जना र बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डीएसपीको कमाण्डमा ८ जना गोताखोर सहित २६ जना सशस्त्र प्रहरिको फौज खटिएर उद्धार कार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया