काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जाने भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको हो ।
आगामी भदौ ३० गते प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गर्नेछन् । अमेरिकामा हुने संयुुक्त राष्ट्र संघको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री त्यसतर्फ जान लागेको सञ्चारमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री प्रचण्ड यसअघि भारत र इटाली भ्रमणमा गइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया