काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।
उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा प्रधानमन्त्री दाहाल, रक्षामन्त्री पुर्ण बहादुर खडका लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया