प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न ३ बजे बस्ने तय भएको छ ।
मंगलबार निर्धारित बैठक विशेष कारणवश बस्न नसकेकाले बैठक बुधबारका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यसअघि प्रतिनिधिसभा बैठक मंगलबार अपराह्न ३ बजेका लागि राखिएको थियो ।
सो बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम बुधबार अपराह्न ३ बजे बस्ने गरी निर्धारण गरेको संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया