सर्यो प्रतिनिधि सभा बैठक

लोकपथ
175
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक सारिएको छ ।

आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो । तर अन्तिम अवस्थामा बुधबारसम्मका लागि बैठक सारिएको हो ।

‘प्रतिनिधि सभाको नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुुखज्यूले सभाको अर्को बैठक मिति २०८० भदौ ६ गते बुुधबार दिनको ३ बजे बस्नेगरी निर्धारण गर्नुुभएको व्यहोरा माननीय सदस्यहरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ जारी सूचनामा भनिएको छ ।

नेकपा एमालेको निरन्तर अवरोधपछि आजसम्मका लागि बैठक सार्दै आएको थियो । सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने मागसहित संसद अवरोध गरिरहेको थियो । सोमबार राति बसेको सर्वदलीय बैठकले संयन्त्र बनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?