चाबहिलको कबाडी गोदाममा काठमाडौं महानगरले चलायो डोजर

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिलस्थित कबाडी गोदाममा डोजर चलाएको छ।

महानगरपालिकाले चाबहिलको ओम हस्पिटल नजिकै रहेको कबाडी गोदाममा डोजर चलाएको हो।

महानगर प्रहरी निरकुमार बस्नेतका अनुसार कबाडी गोदामले सार्वजनिक ठाउँ मिचेर कबाडी बनाउनुका साथै केही टहराहरू बनाएको कारण महानगरले डोजर चलाएको हो ।

अहिले सो स्थानमा संरचना हटाउने काम भइरहेको बस्नेतले जानकारी दिए ।

काठमाडौं महानगरले अतिक्रमण गरेर बनाइएको संरचनामा निरन्तर डोजर चलाउँदै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?