माधव नेपालको राजनीतिक प्रतिवेदन : ‘तत्काल वामपन्थी एकता सम्भव छैन’ (पूर्णपाठ)

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

आजबाट शुुरु भएको पार्टीको छैटौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले ४० पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

उक्त प्रतिवेदनमा नेपालमा कम्युनिष्ट एकता कायम गर्नुु आवश्यक रहेको बताएका छन् । साथै त्यो एकता कायम गर्नका लागि आफूहरुले केही प्रयास साना घटकहरुलाई एकता गर्न लागेको तर यस दौरानको छलफलबाट पार्टीहरुको तत्काल कम्युनिष्ट पार्टीहरुको एकता र वाम एकता सम्भव नभएको समेत स्पष्ट पारे ।

‘हामीले शुुरुदेखि नै क्रान्तिकारी कम्युनिष्टहरु, खासगरी समाजवादी कार्यदिशा अँगालेका कम्युनिष्ट घटकहरुबीच एकता हुनुुपर्ने कुरामा जोड दिँदै आएका छौँ । केही साना घटकहरुलाई पार्टीमा एकतावद्ध गरेका पनि छाैँ । साथै नेकपा माओवादी केन्द्र र जसपा लगायतका पार्टीहरुसँग एकता वार्ता पनि चलाएका थियौँ ।’ राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यस दौरान व्यवहारबाट के प्रष्ट भयो भने अहिले तत्काल कम्युुनिष्ट पार्टीहरुबीचको एकता वा वाम एकता सम्भव छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?