बयान लिन बोलाएर सिआइबीले त्यसै फर्कायो पूर्वमन्त्री जोशीलाई

लोकपथ
28
Shares

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व भुमिसुधार मन्त्री चन्द्रदेव जोशीलाई बयान लिन बोलाएर त्यसै फर्काएको छ ।

सोमबार राष्ट्रिय अनुसन्धान व्युरो (सीआईबी)को कार्यालयममा नै बयानका लागि बोलाइएपनि आफूलाई त्यसै फर्काइएको पूर्वमन्त्री जोशीले बताए ।

पूर्वमन्त्री जोशीले सामाजिक सञ्जालमा लेख्दै बयानका लागि सीआईबी प्रमुखले बोलाएपछि सोमबार दिउँसो १ बजे सीआईबीको कार्यालय पुगेको तर फेरि बोलाउला भनेर त्यसै फर्काएको बताएका छन् ।

उनले लेखेका छन्, ‘पहिलो पटक सिआइबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरी अहिले नआउनु भनि खबर आयो । आज फेरी बोलाए बमोजिम सवा १ बजे सीबीआइ कार्यालय पुगेको थिए । तर बयान नलिइ फेरी बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन ।’

उनले भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा आफ्नो प्रतिबद्धता कायम रहेको भन्दै आफू फरार नभएको पनि स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?