काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाअध्यक्ष गर्ने इस्रयाल मन्सुरीले मतदान गरे नेकपा (एमाले)ले प्रतिवाद गर्ने जनाएको छ ।
प्रदेशसभा सचिवालय परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले यस्तो बताएका हुन् । उनले जबर्जस्ती गरे सदनदेखि अदालतसम्म आन्दोलन गर्ने चेतावनी दिए । प्रदेशसभाको बैठक अब केहीबेरमा बस्दैछ ।
प्रदेशसभा सचिवालयले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे बैठक बस्ने सूचना जारी गरेको छ ।
यो पनि पढ्नुहोस् : कोशी प्रदेशसभा बैठकको अध्यक्षता कांग्रेसका इस्राइल मन्सुरीले गर्ने, मुख्यमन्त्रीलाई विश्वासको मत पनि दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया