सीआईबीलाई बयान दिएपछि बाबुरामले भने-‘आफ्नो कर्तव्य निर्वाह गरेको छु’

लोकपथ
35
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललितानिवास प्रकरणमा सीआईबीलाई बयान दिएका छन् ।

आफू प्रधानमन्त्री हुँदा यो प्रकरणमा मन्त्रीपरिषद्ले गरेका निर्णयका सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्य जानकारी सीआईबीलाई गराएको भट्टराईको भनाइ छ ।

‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु’, भट्टराईले ट्वीटरमा लेखेका छन् ।

उनले यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना पनि गरेका छन् ।

सीआईबीको टोलीले पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईसँग उनैको निवासमा पुगेर बयान लिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?