विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री थापाद्वारा विपक्षी दललाई पत्राचार

लोकपथ
35
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत माग्दै एमाले र राप्रपालाई पत्र पठाएका छन् ।

आज आइतबार विश्वासको मत माग्दै उनले एमाले र राप्रपालाई पत्राचार गरेका हुन् ।

सोमबार प्रदेश सभाबाट विश्वासको मत लिन लागेका मुख्यमन्त्री थापाले दुई विपक्षी दललाई पत्राचार गरेका हुन।

प्रदेश सभामा काङ्ग्रेस २९, माओवादी १३, एकीकृत समाजवादी ४ र जसपा १ गरि सत्ता पक्षसग ४७ मत छ। विपक्षमा एमालेको ४० (उपसभामुखसहित) र राप्रपाको ६ गरी ४६ मत छ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापा सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?