काठमाडौं । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दा आइतबार हेर्न नभ्याइने सूचीमा राखिएको छ ।
प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको पेशी आजको लागि तोकिएको थियो ।
कायममुकायम प्रन्या विश्वम्बरप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद फुुयाँलको इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको हो ।
शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुुरसम्बन्धि फैसला र आदेश नमान्ने भन्ने प्रचण्डको अभिव्यक्तिविरुद्ध रिट परेको थियो । उनीविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए ।
२०७३ साल जेठ १२ गते सर्वोच्चमा दर्ता भएको मुद्दाको हालसम्म सुुनुवाइ हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया