काठमाडौं । प्रतिनिधि सभाको बैठक साउन ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरिरहेको छ ।
जसको कारण आज प्रधानमन्त्री र सभामुखले छुट्टाछुट्टै बैठक बसेर समाधान खोजेका थिए तर बैठक निष्कर्षविहीन भएपछि बैठक स्थगित गरिएको हो ।
विशेष कारण देखाउँदै संसद बैठक नै सारिएको हो । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।
संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक दुुई दिनपछि राख्न सभामुखलाई अनुरोध आएको कारण सोही अनुसार बैठक सारिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
‘संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले राख्नुभएको सर्वैदलीय बैठकले दुई दिनपछि बैठक राख्न सभामुखलाई अनुरोध भई आएकाले सभामुखले बैठक पर्सी दिउँसो ३ बजे बोलाउनुभएको हो ।’ उनले भने ।
त्यस्तै सिंहदरबारमा बसेको बैठकमा सकारात्मक छलफल भएको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया