काठमाडौं । प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी जोशीले नेपाली कांग्रेस पार्टीलाई विभिन्न प्रकारका चुनौतीहरु सामना गर्नपर्ने परिस्थिति सिर्जना भएको बताएकी छिन् ।
नेपाली कांग्रेस काठमाडौंको प्रदेश सम्मेलनमा बोल्दै राजभण्डारीले चुनौतीहरुलाई सामना गर्नकालागि पार्टीको सबै नेता तथा कार्यकर्ता एकढिक्का हुन आवश्यक रहेको बताएकी हुन् ।
कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधिहरु देशको लोकतन्त्र, संघीयता, सुशासन जस्ता कुराहरुलाई केन्द्रमा राखेर हामीले जनताका आवश्यकताहरुलाई बुझेर सम्बोधन गर्न सकेमा मात्रै देशका लागि पार्टीको लागि र समग्र जनताकालागि हित हुने भएकाले सबै जनप्रतिनिधिहरुलाई इमानदारीता पूर्वक आआफ्नो भूमिका निर्वाह गर्न जोड दिइन् ।
त्यस्तै नेताहरु सदैव आफ्नो उत्तरदायीत्व र जिम्मेवारीप्रति सजग रहन सकेमा मात्र समाज र देशको समस्याहरु समाधान गर्न सजिलो हुने कुरामा विश्वास समेत दिलाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया