काठमाडौं। सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुबीचको छलफल बिना सहमति सकिएको छ ।संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख घिमिरेले बैठक बोलाएका थिए । छलफलमा सत्तापक्ष प्रतिपक्षले अडान नछोड्दा सहमति जुट्न नसकेको हो ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यता पाएका दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । प्रतिनिधि सभाको बैठकमा निरन्तर अवरोध भएपछि प्रधानमन्त्रीले राष्ट्रिय मान्यता पाएका दलका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया