राष्ट्रिय मान्यता पाएका दलहरुसँग प्रधानमन्त्रीको छलफल जारी

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यता पाएका दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा निरन्तर अवरोध भएपछि प्रधानमन्त्रीले राष्ट्रिय मान्यता पाएका दलका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ ।

बैठकमा राष्ट्रिय मान्यता पाएका दलका शीर्ष नेताहरुसहित प्रमुख सचेकत समेत रहेका छन् ।

यसअघि सभामुख देवराज घिमिरेले पनि विभिन्न राजनीतिक दलका शीर्ष प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।

सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने मागसहित एमालेले संसद अवरोध गर्दै आइरहेको हो । यसअघि पनि पटकपटक छलफल भए पनि एमालेले आफ्नो अडान नछाड्दा संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?