प्रधानमन्त्रीसँग छलफलपछि मात्र युरोप भ्रमणमा गएको हुँ : माधव नेपाल

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफु सबैसँगको छलफल र परामर्श पछि मात्र युरोप भ्रमणमा लागेको बताएका छन् । आइबार पार्टीको पोलिटब्यूरोको चौथो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफु युरोप भ्रमण रद्द गर्न खोजे पनि सबैसँगको छलफल पछि गएको दावी गरे ।

उनले भने ‘ म त्यो कार्यक्रम रद्ध गरौं की भनेर लाग्या छु । नभए भोलिपल्ट विरोधीहरुले माधव नेपाल भाग्यो भनेर लेख्लान, प्रचार गर्लान्, भन्ने पनि लाग्यो त्यो लागि सकेपछि मैले प्रधानमन्त्रीलाई सोधे मेरो भ्रमण रद्ध गरौं की के गरौं । राज्यलाई र जनतालाई थाहा नदिकन भ्रम पैदा हुने गरि विदेश भ्रमणमा जानै पर्छ भन्ने छैन् । भनेपछि प्रधानमन्त्रीले कुनै पनि हालतमा तपाईलाई असर पर्ने अवस्था छैन् । तपाई जानु, पार्टीको कार्यक्रम सम्पन्न गरेर आउँनु यसै क्रममा पार्टीको महासचिवले पनि विभिन्न कानून व्यवसायीहरुसँग परामर्श गर्नुभयो त्यसपछि उहाँले पनि कुनै समस्या हुदैँन् भनेर भन्नु भएपछि गएको हो । ’

अध्यक्ष नेपालले दक्षिण एसियाका अन्य मुलुकमा झै नेपालमा पनि किसान र मजदुरको आन्दोलन सफल हुने विश्वास व्यक्त गरे ।

उनले भने ‘ दक्षिण एसियाका विभिन्न देशहरुमा किसान र मजदुरहरुको आन्दोलन सशक्त हुदैँ आफ्नो मागहरु पूरा गराउँन सफल पनि भएका छन् । हाम्रो सन्दर्भमा त्यही कुरा लागू हुन्छ, नेपालमा कम्युनिष्ट पार्टीलाई कसरी बलियो बनाउँने, कम्युनिष्ट आन्दोलनलाई कसरी सशक्त प्रभावकारी बनाउँने, हाम्रो देशको राष्ट्रियताको आन्दोलनलाई कसरी व्यापक रुपमा फैलाउँने, लोकतन्त्रका मूल्य र मान्यताहरु कसरी आत्मसाथ गरेर व्यवहारमा लागू गर्ने भनेर लाग्नु पर्छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?