काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग छलफल गर्ने भएका छन् ।
संसदको निरन्तरको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।
दिउँसो साढे १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्ने बताइएको छ ।
गत निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन् ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।
त्यसैगरी एमालेको निरन्तर अवरोधपछि राष्ट्रपतिले समेत सर्वदलीय बैठक आह्वान गर्ने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया