काठमाडौं । जलश्रोत तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले देशमा व्यवस्था बदलिए पनि अवस्था भने अपेक्षाअनुरुप बदलिन नसकेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको १९औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले राजनीति परिवर्तन र व्यवस्थाको लागि जनतालाई केन्द्रमा राख्ने तर आर्थिक सामाजिक रुपान्तरणको कुरा आउँदा विरहरुको खोजी गर्ने प्रवृतिले अवस्था बदल्न अपेक्षाअनुरुप बदलिन नसकेको टिप्पणी गरे ।
उनले भने,‘राजनीति परिवर्तन र व्यवस्थाको लागि जनतालाई केन्द्रमा राख्छौं र आधारभूत पक्ष बनाउँछौं जनता ईतिहासका निर्माता हुन् । जनताको सक्रियता र सहभागिता बिना राजनीति परिवर्तन हुँदैन । आर्थिक सामाजिक रुपान्तरणको कुरा आउँदा विरहरुको खोजी गर्छौँ । व्यवस्था बद्ल्छौं तर अवस्था बदल्न अपेक्षाअनुरुप सक्दैनौ ।’
मन्त्री बस्नेतले जनताले आर्थिक सामाजिक क्षेत्रमा सहभागी हुन पाउने वातावरण निर्माण गर्न सहकारीको भूमिका र महत्वलाई अझ गम्भीरताका साथ सरकारले लिने प्रतिवद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया