अख्तियार आयोग अगाडी विवेकशील साझाको धर्ना,‘अख्तियारको बल्छी साना माछा मात्रै पर्ने’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडीबाट विवेकशील साझा पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बुधवार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडी विवेकशील साझाले धर्ना कार्यक्रम राखेको थियो । उनीहरुले बढ्दो भ्रष्टाचार तथा बेथितिको छानबिन गर्न माग गर्दै धर्ना दिएका थिए ।

उनीहरुले ‘घुस दिने र लिने दुवै राष्ट्रका शत्रु हुन्, वाइडबडी काण्ड आयल निगम घोटाला, अख्तियारको बल्छी साना माछा मात्रै पर्ने, ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’ लगायतका नारा लेखिएका प्लेकार्डसहित धर्नामा दिएका थिए । धर्नाकै क्रममा उनीहरुलाई प्रहरीले  नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको प्रदर्शनकारीलाई प्रहरीले गाडीमा हालेर लागेका थिए । प्रहरीले नियन्त्रणमा लिइएकाहरुको संख्याबारे भने खुलाएको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?