नक्कली शरणार्थी प्रकरण : टेकनारायणसहित १० जनाको सुनुवाइ सकियो

लोकपथ
476
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथि सुनुवाइ सकिएको छ ।उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइ सकिएको हो ।

निलम्बित सचिव टेक नारायण पाण्डे, पूर्व सुरक्षा सल्लाहकार डा।इन्द्रजित राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया र गोविन्द चौधरीको निवेदनमाथि सुनुवाइ सकिएको हो ।

थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उनीहरु उच्च अदालत पाटन पुगेका थिए ।कांग्रेस नेता बालकृष्ण खाँण, एमालेका सचिव टोपबहादुर रायमाझी लगायतको निवेदन भने पेसीमा चढेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?