काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को असन्तुष्ट पक्षले रिले अनशन शुरु गरेको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जम्बो तदर्थ समिति ल्याएपछि नेविसंघभित्र विवाद देखिएको थियो ।
विधान विपरित केन्द्रीय कमिटी विस्तार गरिएको भन्दै त्यसको खारेजी र नेविसंघको १२औँ महाधिवेशन सुनिश्चितता हुनुपर्ने लगायतका मागसहित असन्तुष्ट पक्षले अनसन शुरु गरेको हो ।

आज पहिलो दिन पार्टी कार्यालय सानेपामा नेविसंघका नेताद्वय रामजी बस्नेत र गणेश बहादुर शाहले अनशन शुरु गरेको नेविसंघका नेता अशोक सिंह विष्टले जानकारी दिए ।
‘नेविसंघका अध्यक्षले विधान विपरित ल्याएको कमिटी खारेज गरि नेविसंघको १२आँै महाधिवेशनको सुनिश्चितता लगायतका मागसहित आजबाट रिले अनसन शुुरु गरिएको छ ।’ उनले भने ।
नेविसंघका अध्यक्षले ल्याएको कमिटीको विरुद्ध असन्तुुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र समेत बुुझाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया