घुससहित दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

लोकपथ
49
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

गाउँपालिकाका ‘एमआइएस अपरेटर’ वीरेन्द्रकुमार यादवलाई रु दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई तीन लाखको चेकसहित अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले राजविराज नगरपालिका वडा नं ३ बाट पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

दुवै कर्मचारीलाई सोलार बत्तीको जडानलगायत योजनाको भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको उनले सुनाए । दुवै कर्मचारीलाई आयोगले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?