काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शुुनिल शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारी भनेपछि संसदमा हंगामा भएको छ ।
केही दिनअघि पक्राउ परेका डा. शर्माले सोमबार बसेको बैठकमा पक्राउ परेको विषयमा संसदमा जानकारी गराएका थिए ।
सो क्रममा आफूूलाई बिना कारण पक्राउ गरिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका थिए । उनले गृहमन्त्रीले आतंककारी तरिकाले आफूलाई पक्राउ गरेको भन्दै राजीनामा माग गरे । त्यसको तत्कालै माओवादीका प्रमुख सचेतक हितराज पाण्डलेले आपत्ति जनाएका थिए ।
डा. शर्माले सुन काण्डमा सबैको निष्पक्ष छानबिन नभएमा आफू अनसन बस्ने समेत घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया