काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुुनबारे छानबिन शुुरु गरेको छ ।
आज महाशाखाबाट प्रत्यक्ष प्रशारण गरेर उक्त सुन जाँचसहित पगाल्न लागिएको हो ।
गत साउन २ गते विमानस्थलको भन्सारबाट छुटेको सुन सिनामंगलमा बरामद गरिएको थियो भने केही व्यक्तिहरुलाई पक्राउ गरि अनुसन्धान समेत भइरहेको छ ।
स्कुटरको ब्रेक शुमा लुुकाएर ल्याइएको अवस्थाको उक्त सुन टक्सार महाशाखाले परीक्षणपछि पगालेर त्यसको एकिन तथ्यांक निकाल्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया